| |
El período embrionario (Las primeras 8 semanas)
Desarrollo embrionario: Las primeras 4 semanas
Capítulo 3 Fecundación
|
| |
| जीवविज्ञानको दृष्टिले
"मानव विकास
निषेचनको अवधिदेखि सुरु हुन्छ,"
जब एक स्त्री र एक पुरुष
प्रत्येकका आफ्नै २३ क्रोमोजोमहरुको
समागम हुन्छ
उनीहरुका प्रजनन कोषहरुको
मिलनमार्फत् ।
एक स्त्रीको प्रजनन कोषलाई
सामान्यतया "अण्ड" भनिन्छ
तर वास्तवमा यसलाई उकाइट भनिन्छ ।
त्यसैगरी, एक पुरुषको प्रजनन कोष
लाई "वीर्य" का रुपमा अधिकांशले बुझ्छन्
तर यसको वास्तविक शब्द
स्पर्माटुजुन हो ।
एक महिलाको अण्डाशयबाट
उकाइट निस्किएपछि
ओभुलेसन नामको प्रक्रिया,
जसमा उकाइट
र स्पर्माटुजुनको मिलन हुन्छ
बीजबाहिनी नलीहरुमध्येको एउटामा,
यो नलीलाई सामान्यतया
फेलोपियन ट्युब भन्ने गरिन्छ ।
बीजबाहिनी नलीहरुको सम्बन्ध
महिलाको अण्डाशयसित
र त्यहाँबाट पाठेघर वा डिम्बाशयसित हुन्छ ।
परिणामतः निस्कने एककोषीय
भ्रुणलाई जाइगोट भनिन्छ,
जसको अर्थ "एकापसमा
जोडिएको" भन्ने हुन्छ ।
|
Capítulo 4 ADN, división celular y factor temprano de embarazo
|
| |
| जाइगोटका ४६ क्रोमोजोमहरुले
प्रतिनिधित्व गर्छ एउटा फरक
पहिलो संस्करण
एक नयाँ व्यक्तिको
पूर्ण जेनेटिक ब्लुप्रिन्टको ।
यो मुख्य योजना बसेको हुन्छ
कडा रुपमा बेरिएको
मोलेकुलसमा जसलाई डीएनए भनिन्छ ।
यसमा समाहित हुन्छ निर्देशनहरु
कसरी हुने विकास
पूरा शरीरको भन्ने विषयमा ।
डीएनए मोलेकुलस
एउटा बटारिएको भर्याङ झैं हुन्छ
जसलाई अंग्रेजीमा डबल हेलिक्स
पनि भनिन्छ ।
भर्याङका खुड्किलाहरु
बनेका हुन्छन्, जोडा मोलेकुलस,
वा आधारहरुबाट जसलाई गुआनिन,
साइटोसाइन, एडेनाइन र थाइमाइन भनिन्छ ।
|
| गुआनिनको जोडा
साइटोसाइनसित मात्र हुन्छ,
र एडेनाइनको थाइमाइनसित ।
प्रत्येक मानव कोषमा समाहित हुन्छन्
झण्डै ३ खर्ब
यस्ता आधार जोडाहरु ।
एउटा सिंगो कोषको डीएनए
मा यति धेरै सूचना समाहित हुन्छन्
कि यदि त्यसलाई हामी
अक्षरमा छाप्ने हो भने,
हरेक आधारका
पहिलो अक्षरमात्र राख्नलाई पनि
आवश्यक हुन्छ, १५ लाख
पृष्ठ अक्षरहरुको !
यदि टुप्पोबाट टुप्पो
मिलाएर राख्ने हो भने,
एउटा सिंगो मानव कोषको
डीएनएको नाप ३ १/३ फिट
वा एक मिटर हुन्छ ।
|
| यदि हामीले बेरिएका
सबै डीएनएलाई निकाल्यौं भने
एक वयस्कका १ खर्ब कोषहरुको,
तब यो लामो हुनेछ
६३ अर्ब माइलभन्दा बढी ।
यति दूरीमा पृथ्वीबाट सूर्यसम्म
र फर्केर पुनः पृथ्वीमा पुग्न सकिन्छ
३४० पटक ।
|
| निषेचनको झण्डै २४ देखि ३० घण्टापछि,
जाइगोटले पहिलो
कोष विभाजन पूरा गर्छ ।
मिटोसिस प्रक्रियाको माध्यमबाट,
एउटा कोष दुइवटामा विभाजन हुन्छ,
दुइवटा चारवटामा, र यसैगरी क्रमशः ।
|
| निषेचन सुरु भएको
छिटोमा २४ देखि ४८ घण्टामा,
गर्भ रहे नरहेको पुष्टि गर्न सकिन्छ
एउटा हार्मोन पत्ता लगाएर
आमाको रगतमा रहेको
"अर्ली प्रेगनेन्सी फ्याक्टर" नामको ।
|
Capítulo 5 Etapas iniciales (mórula y blastocito) y células madre
|
| |
| निषेचनपछिको ३ देखि ४ दिनसम्ममा
भ्रुणको विभाजित कोषहरुले
एउटा गोलाकार आकृति धारण गर्छ
र त्यो भ्रुणलाई भनिन्छ मोरुला ।
४ देखि ५ दिनसम्ममा, एउटा छिद्र
यो कोषहरुको बलभित्र बन्छ
र यो भ्रुणलाई त्यसपछि भनिन्छ
ब्लास्टोसाइस्ट ।
ब्लास्टोसाइस्टभित्रका कोषहरु
लाई भनिन्छ भित्री कोष पुञ्ज
र यसले बनाउँछ टाउको, शरीर
र अन्य संरचना
मानव विकासका लागि आवश्यक ।
भित्री कोष पुञ्ज भित्रका कोषहरु
लाई एम्ब्रायोनिक स्टेम सेल्स भनिन्छ
किनभने तीसित क्षमता हुन्छ
निर्माण गर्ने प्रत्येक
कोषबाट २०० भन्दा बढी प्रकारका कोष
मानव शरीरमा रहेका ।
|
Capítulo 6 1 a 1½ semanas: implantación y gonadotropina coriónica humana (GCH)
|
| गर्भनलीबाट मुनि यात्रा गरिसकेपछि,
पहिलो भ्रुणले आफूलाई प्रविष्ट गराउँछ
आमाको गर्भाशयको भित्री भित्तामा ।
प्रविष्टकरण भनिने यो प्रक्रिया
६ दिनमा सुरु हुन्छ
र निषेचनको १० देखि १२
दिनपछि सकिन्छ ।
विकसित भ्रुणका कोषहरुबाट
एउटा रागरसको उत्पादन हुनथाल्छ
जसलाई ह्युमान कोरियोनिक
गोनाडोट्रोनि वा एचसीजी भनिन्छ,
अधिकांश गर्भ परीक्षणमा
यो पदार्थ खोजिने गरिन्छ ।
एचसीजीले मातृ रागरसहरुलाई
निर्देशित गर्छ
सामान्य रजस्वला चक्रलाई रोक्न,
जसबाट गर्भावस्थालाई
जारी राख्न सकिन्छ ।
|
Capítulo 7 La placenta y el cordón umbilical
|
| बीजारोपणपछि,
ब्लास्टोसाइस्टको छेउमा
रहेका कोषहरुले
साल नाम गरेको ढाँचालाई उठाउँछ,
जसले सीमाको रुपमा काम गर्छ आमा र
भ्रुणको वितरण प्रणालीको ।
सालले आमाबाट वितरण गर्छ
अक्सिजन, पौष्टिक आहार,
रागरस, र उपचार
विकासको क्रममा रहेको मानवलाई,
काम नलाग्ने पदार्थहरुलाई हटाउँछ;
र मातृरक्तलाई मिसिनबाट जोगाउँछ
भ्रुण र फिटसको रगतमा ।
सालले पनि रागरस उत्पादन गर्छ
र भ्रुण अनि फिटसको शरीरको तापक्रम
कायम राख्छ
आमाको भन्दा अलि बढी हुने गरी ।
सालले सञ्चार गर्छ विकासोन्मुख मानवसित
नाभिनालका स्नायुहरुबाट ।
सालको जीवन रक्षा क्षमताको तुलना
आधुनिक अस्पतालहरुमा पाइने
सघन उपचार कक्षसित गर्न सकिन्छ ।
|
Capítulo 8 Nutrición y protección
|
| |
| एक हप्तासम्ममा,
भित्री कोष पुञ्जका कोषहरु
दुइ पत्रमा परिणत हुन्छन् जसलाई भनिन्छ
हाइपोब्लास्ट
र एपिब्लास्ट ।
हाइपोब्लास्टले उठान दिन्छ
योक साकलाई,
जुन एउटा ढाँचा हो जसबाट
आमाले पौष्टिक आहारहरु आपूर्ति गर्छ
प्रारम्भिक अवस्थामा रहेको भ्रुणलाई ।
एपिब्लास्टका कोषहरुले निर्माण गर्छन्
एम्नियोन नामको एउटा मेम्ब्रेन,
जसभित्र भ्रुण
र पछि फिटस
नजन्मिएसम्म विकास हुन्छ ।
|
Capítulo 9 2 a 4 semanas: capas germinales y formación de órganos
|
| |
| झण्डै साढे दुइ हप्तासम्ममा,
एपिब्लास्टले निर्माण गर्छ
३ विशेष किसिमका मसिनो जाली,
वा बीजाणु पत्र,
जसलाई भनिन्छ इक्टोडर्म,
एन्डोडर्म,
र मेसोडर्म ।
इक्टोडर्मले बढाउँछ
थुप्रै ढाँचाहरुलाई
जसमा सामेल छन् मस्तिष्क,
मेरुदण्ड,
स्नायु,
छाला,
नङहरु,
र कपाल ।
एन्डोडर्मले उत्पादन गर्छ रुपरेखा
श्वासप्रश्वास प्रणालीको
र पाचन क्षेत्र,
अनि उत्पन्न गर्छ
अंशहरु महत्वपूर्ण अंगका
जस्तै पित्ताशय
र पाचक ग्रन्थी ।
मेसोडर्मले निर्माण गर्छ मुटु,
मृगौलाहरु,
हाडहरु,
कमलो हाड,
मांसपेशीहरु,
रक्त कोषहरु,
र अन्य ढाँचाहरु ।
|
| तीन हप्तासम्ममा
मस्तिष्क तीन प्राथमिक भागमा
विभाजित हुन्छ
जसलाई अग्रमस्तिष्क,
मध्यमस्तिष्क,
र पछाडिको मस्तिष्क भनिन्छ ।
श्वासप्रश्वास र पाचन प्रणालीको विकास
पनि हुने क्रममा हुन्छ ।
|
| जब पहिलो रक्त कोष
योक साकमा देखिन्छ,
रक्त वाहिनीको निर्माण हुन्छ
भ्रुण भरी,
र नली आकारको मुटु देखापर्छ ।
झण्डै लगत्तै,
तीब्र गतिमा बढिरहेको मुटु
आफैमा लपेटिन्छ
यसै क्रममा अलग्गै कक्ष
विकास हुन थाल्छ ।
मुटु धड्किन थाल्छ
तीन हप्ता र एक दिनपछि
निषेचनको ।
वितरण प्रणाली
शरीरको पहिलो त्यस्तो प्रणाली,
वा सम्बन्धित अंगहरुको समूह हो,
जसले पूर्णरुपमा सञ्चालन हुने अवसर पाउँछ ।
|
Capítulo 10 3 a 4 semanas: el plegamiento del embrión
|
| |
| तीन र चार हप्ताको बीचमा,
शरीर योजना देखापर्छ
यस क्रममा मतिष्क,
मेरुदण्ड,
र भ्रुणको मुटु
सजिलै पहिचान गर्न सकिन्छ
योक साकसहित ।
तीब्र गतिको विकासका कारण
लपेटिने क्रम सुरु हुन्छ
सापेक्षित रुपमा चौडा भ्रुणको ।
यो प्रक्रियाले समावेश गर्छ
योक साकको केही भागलाई
भित्री पत्रमा
पाचन प्रणालीको
र निर्माण गर्छ छाति
र पेटका खाली ठाउँ
विकासोन्मुख मानवको ।
|