Skip Navigation

National Geographic Society Este programa se distribuye en los Estados Unidos y Canadá por National Geographic y EHD. [obtenga más información]

DVD ilustrado plurilingüe

La biología del desarrollo prenatal


6 a 8 semanas


जन्मपूर्व विकासको जैविकी

.नेप [Nepali]


 

Descargar versión en formato PDF  ¿Qué es PDF?
 

Desarrollo embrionario: 6 a 8 semanas

Capítulo 20   6 semanas: movimiento y sensación

६ हप्तासम्ममा उर्ध्वमस्तिष्क गोलार्द्धको बढ्ने क्रम जारी रहन्छ मस्तिष्कका अरु भागहरुको तुलनामा छिटो ।

भ्रुणले सुरु गर्न थाल्छ लगातार र स्वचालित चालहरु । यस्ता चाल आवश्यक हुन्छ सामान्य स्नायुमांसपेशीको विकासलाई बढावा दिन ।

मुखमा स्पर्श हुँदा भ्रुणले स्वचालित रुपमा आफ्नो टाउको चलाउँछ ।

Capítulo 21   Formación del oído externo y los glóbulos

बाहिरी कानले आकार लिन सुरु गर्छ ।

छ हप्तासम्ममा, पित्ताशयमा रक्तकोषको निर्माण प्रक्रिया जारी रहन्छ जहाँ हाल लिम्फोसाइट्स विद्यमान रहन्छ । यस किसिमको श्वेत रक्तकोष प्रतिरक्षा प्रणालीको विकासको मुख्य अंश हो ।

Capítulo 22   Diafragma e intestinos

डायफ्राम, श्वासप्रश्वासका लागि प्रयोग हुने मुख्य मांसपेशी, को अधिकांश भाग छ हप्तासम्ममा निर्माण हुन्छ ।

आन्द्राभुँडीको एक भाग अब अस्थायी रुपमा निस्कन्छ नाभीनालसितै । यो सामान्य प्रक्रिया, जसलाई फिजियोलिजक हर्निएसन भनिन्छ, ले पेटमा अरु विकासोन्मुख अंगहरुका लागि ठाउँ बनाउँछ ।

Capítulo 23   Placas de las manos y ondas cerebrales

६ हप्तामा हातका पत्रहरुले एउटा राम्रो चौडाइको विकास गर्छ ।

प्रारम्भिक मस्तिष्क तरंगहरु छिटोमा ६ हप्ता र दुइ दिनदेखि रेकर्ड गरिएका छन् ।

Capítulo 24   Formación del pezón

शरीरका छेउहरुमा दूधको मुण्टा देखापर्छ त्यसको वास्तविक ठाउँमा पुग्नु केही अगाडि छातिको अघिल्लो भागमा ।

Capítulo 25   Desarrollo de las extremidades

साढे ६ हप्तासम्ममा, कुहिनाहरु छुट्टिन्छन्, औंलाहरु छुट्टिन सुरु हुन्छ, र हातका चालहरु देख्न सकिन्छ ।

हाडको निर्माण, जसलाई ओस्सिफिकेसन भनिन्छ, सुरु हुन्छ क्लेभिकल वा कठालोको हाड, र माथिल्लो र तल्लो बंगाराका हाडबाट ।

Capítulo 26   7 semanas: hipo y reflejo de sobresalto

सातौं हप्तासम्ममा बाडुली लागेको देखिएको छ ।

खुट्टाका चालहरु अब देख्न सकिन्छ, अचम्मका प्रतिक्रियाका साथमा ।

Capítulo 27   El corazón en maduración

चार कक्षसहितको मुटुको निर्माण कार्य झण्डै सकिने अवस्था हुन्छ । औसतमा, मुटु अहिले प्रति मिनेट १६७ पटक धड्किन्छ ।

साढे सात हप्तामा रेकर्ड गरिएको मुटको विद्युतीय सक्रियता वयस्कको तरंग नमूनासित मेल खान्छन् ।

Capítulo 28   Ovarios y ojos

महिलामा, सात हप्तासम्ममा अण्डाशय चिन्न सकिन्छ ।

साढे सात हप्तासम्ममा, आँखाको रंगीन रेटिना सजिलै देख्न सकिन्छ र परेला तीब्र गतिको विकास क्रममा हुन्छ ।

Capítulo 29   Dedos de las manos y de los pies

औंलाहरु छुट्टिन्छन् र पैतालाका औंला आधारहरुसित मात्र जोडिएका हुन्छन् ।

हातहरु अब सँगै आउन सक्छन् साथमा खुट्टा पनि ।

घुँडाको जोर्नी पनि बनिसकेको हुन्छ ।
6 a 8 semanas